दूरसञ्चार सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउनुपर्नेमा मन्त्री कार्कीको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दूरसञ्चार सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको २४औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले डिजिटल नेपालको लक्ष्य पुरा गर्न सबै ठाउँमा सर्वसुलभ दूरसञ्चार सेवाको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले सेवा प्रदायकले दिने सेवाको गुणस्तरीयताका सम्बन्धमा नियामक निकायको हैसियतले नेपाल दूरसञ्चार प्राधिकरणले नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो ।
उहाँले बढ्दो प्रविधिको प्रयोगसँगै साइबर सुरक्षालाई थप मजबुत बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि जनचेतनामूलक सन्देशसँगै समयानुकूल कानुन निमार्ण गर्नुपर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले परिवर्तित समयअनुसार आफ्नो कार्यशैलीमा परिमार्जन र सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल डिभाइडको अन्त्य गर्न प्राधिकरण सचेत रहेको भन्दै दूरसञ्चार ऐनको समसामयिक सुधार आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा दूरसञ्चार सेवाको गुणस्तर सर्भे गर्ने मोबाइल एप (क्यु ओ ई सर्भे ) एप पनि सार्वजनिक गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्