तपाईँ सुन्दै हुनुहुन्छः

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

किभ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले शुक्रवार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ ।

यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरूले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरूले त्यसलाई नियन्त्रणमा लिएका हुन ।
 

रुसी सैनिकहरूले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका हुन । रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको थियो । 

कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरूले कामलाई निरन्तरता पनि दिइरहेका छन् ।

युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button