तपाईँ सुन्दै हुनुहुन्छः

जेसिबी दुर्घटनामा सहचालकको मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको चौतारा सँगाचोकगढी नगरपालिका १२ को खहरे केराबारी छापमा जेसिवी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिवीको सहचालक महोत्तरी जिल्ला बर्दिबास न.पा. ६ बस्ने बर्ष १८ को रोहित आले मगरको मृत्यु भएको हो ।

निर्माणाधिन मध्य पहाडी लोक मार्गमा काम गर्ने क्रममा आज बिहान बा.२ क ६६१८ नं. को जेसीवी माटो भासिन गई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

जेसिवीका चालक बाँके राप्तीसोनारी गाउँपालिका ४ बस्ने बर्ष २२ को प्रकाश चौधरी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button