तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य ताेलामा ९०० रुपैयाँले बढ्यो

काठमाडौँ।सुनको साताको अन्तिम दिन शुक्रवार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । शुक्रवार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसै गरी शुक्रवार तेजाबी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button