तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

गत फागुन ९ गते जिल्लाको रम्भा गाउँपालिका १ पन्टारमा लु७९प १०९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापा घाइते भएकोमा आज उपचारको क्रममा उनको मृत्यु भएको हो । 

थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताउनुभयो ।

उक्त मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । 

घाइते थापालाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार हुन नसकेपछि बुटवल रेफर गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button