दुई दशकपछि घन्कियो ‘पानी धाराको’ झ्याउरे भाका

तनहुँ । नेपाली गीत सङ्गीतको क्षेत्रमा झ्याउरे भाका लोकप्रिय बन्दै गए पनि यसमा विविधता आएको पाइन्छ ।
देशका गण्डक क्षेत्रमा निकै लोकप्रिय झ्याउरे भाकाको मौलिकता जोगाउन कला क्षेत्रमा लागेकाहरू प्रयासरत छन् । यस क्षेत्रका विभिन्न स्थानमा हुने जात्रा, मेला, रोधिघर र पुजाआजमा घन्किएको झ्याउरे भाकालाई दुई दशकपछि सङ्कलन गरेर सर्जक दिवान किनारले गीतमार्फत बजारमा ल्याउनुभएको छ ।
‘पानी धारा’को बोलको गीतमार्फत उहाँले मौलिक भाकाको संरक्षण र प्रवर्द्धन गर्नका लागि पहल गरिएको बताउनुभयो ।
तनहुँका म्याग्दे गाउँपालिकास्थित रानीस्वाँराका सर्जक किनारले तनहुँकै चन्द्र बिसी र लोकप्रिय गायिका शान्तिश्री परियारको आवाजमा गीत सार्वजनिक भएको जानकारी दिनुभयो ।
किनारको समेत आवाज समेटेर सार्वजनिक भएको यो गीतले लोक संस्कृतिको संरक्षणमा योगदान पुर्याउनेहरूलाई समेत सम्मान गर्ने सर्जक किनारले बताउनुभयो ।
उहाँले यसअघि सिर्जना गरेको गीतहरू ‘झिमझिम सानु’ ‘माया एउटासँग’ ‘तिमी कसको हुने होला’ लगायतका कालजयी गीतका सार्वजनिक भएका थिए ।
दमौलीको एउटा परम्परागत घरमा दृश्यांकन गरिएको उक्त गीतमा अहिलेका चर्चित टिकटक स्टारहरू सिरु थापा मगर, मनीषा मगर, पुष्पा मगर(काउली बुडी), रेशम परियार, विकास थापा, सृजना आले मगर, सबिता गर्जा मगर, देव आले लगायतका अभिनय देख्न सकिन्छ ।






प्रतिक्रिया राख्नुहोस्