गण्डकी प्रदेश संसद्को हिउँदे अधिवेशन फागुन २६ गते

कास्की । गण्डकी प्रदेश सभाको अधिवेशन फागुन २६ गते डाक्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा अधिवेशन डाक्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।
यसअघि गण्डकीको बर्खे अधिवेशन असोज ५ गते अन्त्य भएको थियो । दुई अधिवेशनबीचको फरक ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । चैत ५ गते बर्खे अधिवेशनको ६ महिना पुग्थ्यो । त्यही समय सीमा ख्याल गरी सरकारले फागुन २६ गतेदेखि संसद् चलाउने भएको हो ।
आउँदो अधिवेशनमा प्रदेश सभाको विधायन समितिमा विचाराधीन रहेका ४ वटा विधेयक लैजाने तयारी रहेको छ ।
लैजाने गरी सरकारले ४ वटा विधेयकहरू तयार गरेको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले बताउनुभयो । सरकारले पुराना कतिपय ऐनहरु संशोधन गर्ने गरी संशोधन विधेयक पनि लैजाँदै छ । खानेपानी, सिँचाइ र सूचनाको हक सम्बन्धी विधेयक सरकारले यो अधिवेशनमा लैजाँदै छ ।







प्रतिक्रिया राख्नुहोस्