एक लाखसहित पाँच जुवाडे पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जुवा (तास) खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित साकुरा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
कार्यालयका प्रवक्ता नरहरी अधिकारी अनुसार कार्यालयबाट खटिएका प्रहरी टोलीले भरतपुर १० का ३६ वर्र्षीय प्रकाश रानाभाट, रौतहट घर भई भरतपुर ७ मा बस्ने ३० वर्षीय सुवास महतो, भरतपुर ४ का ५६ वर्षीय टुङराज लामिछाने, भरतपुर १० का ४८ वर्षीय सरोज खनाल र भरतपुर १२ का ४२ वर्षीयय राजकुमार श्रेष्ठलाई पक्राउ गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्