झापामा बोलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु
भद्रपुर, झापा । झापाको कमल गाउँपालिका–४स्थित पूर्व पश्चिम राजमार्गमा बोलेरो गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवशताक्षी–८ का ४१ वर्षीय नरबहादुर गहतराज रहेका छन् ।
बिहीबार अपराह्न ३ बजे पूर्वतर्फ जाँदै गरेको मे.१च ११६७ नम्बरको बोलेरोले विपरीत दिशातर्फ आउँदै गरेको मे.६ प २७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न गाडी र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्