विकास र सम्वृद्धि आफ्नो मुख्य सरोकार: उपमहानगर प्रमुख चौधरी
सुनसरी । सुनसरीको रामधुनी र इटहरी जोडने हक्राहा खोलाको पूल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले इटहरीको विकास र सम्वृद्धि आफ्नो मुख्य सरोकार रहेको बताउनुभयो ।

इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले हक्राहा खोलाको पूल उद्घाटन गर्नुभएको हो ।
इटहरी उपमहानगरपालिकाको २० लाख र स्थानीय वासीको लागत सहभागिता गरी २४ लाख ४६ हजारमा पूल निर्माण गरिएको उपभोक्ता समितिका सचिव नवीन पौडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्