मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, एक घाइते
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ६ सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लु ६ प १५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा निस्दी गाउँपालिका ७ का मोटरसाइकल चालक ४४ वर्षीय ओम बहादुर गाहाको घटनास्थलमै मृत्यु भएको र पछाडि सवार गाहाकी श्रीमती ४४ वर्षीय निरमाया गाहा घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त रामेश्वर त्वातीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्