तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य बढ्यो

काठमाडौँ ।आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । तेजाबी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button