तपाईँ सुन्दै हुनुहुन्छः

तरकारीको क्रेटमा १८३ किलो गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले तरकारीको क्रेटमा लुकाइछिपाई ल्याएको १ सय ८३ किलो लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले १ सय ८३ केजी गाँजासहित गाँजा ढुवानी गर्ने गाडी र चालकलाई पक्राउ गरेको हो ।

प्रहरीले लागु औषध गाँजासहित पक्राउ परेका थाहा नगरपालिका–२ का ३० वर्षीय रामचन्द्र सिन्तानलाई मङ्गलवार दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

भीमफेदी–२, भैंसेस्थित चेकपोस्टमा रोकी सुरक्षा जाँच गर्ने क्रममा पालुङतर्फबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२२ च ३५५६ नम्बरको पिक अप गाडीबाट प्रहरीले गाँजा बरामद गरेको जनाएको छ ।

प्रहरीले बरामद गाँजा, ढुवानी गर्ने गाडीसहित पक्राउ परेका सिन्तानलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button