तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

कालिकोट । कालिकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ ।  

लक्ष्यभन्दा ३७२  थप बालबालिकालाई सो खोप लगाइएको हो । यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौ वटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी कटकबहादुर मतले भन्नुभयो, “१२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिएका छौँ ।  खोप नियमित रुपमा लगाउने व्यवस्था गरेका छौँ ।”

जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५४२ जना नागरिकलाई पहिलो र २९ हजार ३७५ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको उहाँले जानकारी दिनुभयो ।  खोप नलिएका १८ वर्षमाथिका  नागरिकलाई  भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएको सूचना अधिकारी  महतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button