तपाईँ सुन्दै हुनुहुन्छः

राक्सिराङका ७ सय विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण

मकवानपुर । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाका सात सय घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहयोगमा गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई सोमबार न्यानो कपडा (कम्बल) वितरण गरिएको हो ।

स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित विकट राक्सीराङ गाउँपालिका ४ रतुवाका ४ सय ७५ घरपरिवारलाई सोमबार न्यानो कपडा वितरण गरिएको हो ।

कांग्रेस राक्सिराङ गाउँपालिका–४ का वडा सभापति विकास ब्लोनको सभाध्यक्षता तथा बानियाँको प्रमुख आतिथ्यमा रतुवाका ४ सय ७५ घरपरिवार र राक्सिराङकै सूर्योदय माविको छात्रावासका विद्यार्थीलाई ४० थान न्यानो कपडा कम्बल वितरण गर्नुभएको थियो भने बाँकी १ सय ८५ थान न्यानो कपडा अवस्था हेरेर स्थानीयलाई वितरण गर्न कांग्रेस राक्सिराङ गाउँपालिका सभापति वीरेन्द्र जिम्बालाई हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरणपछि नेता बानियाँले आफूले निर्वाचन जितेर गएपछि जनतालाई सहयोग गरिरहेको र भोलिका दिनमा समेत जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button