नेपालगन्ज नाकामा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना पुष्टि
नेपालगन्ज। बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा भारतबाट आउने नेपालीहरूमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना पुष्टि हुन थालेको छ ।
जमुनाहा नाकामा हिजो पनि एकै दिन ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार पनि एकै दिन ४६ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका सबैलाई नेपालगन्जस्थित बाल मन्दिर आइसोलेसनमा राखिएको कोभिड फोकल पर्सन तेज वलीले बताउनुभयो ।
हिजो भारतका विभिन्न राज्यबाट आएका ६७५ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १३ पुरुष र २६ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो । बिहीबार २७, बुधवार र मङ्गलवार ५५ र सोमबार १० जनामा कोरोना पुष्टि भएको थियो ।
सोमबार यता भारतबाट आएका १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको ज्ञवालीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्