तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाको सुर्खेतमा हुने भनिएको बृहत् जनसभा स्थगित

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागेको बृहत् जनसभा कार्यक्रम स्थगित भएको छ ।

राप्रपाले यहीँ पुस २३ गते विस्तारित बैठक र २४ गते बृहत् जनसभा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । 

मौसम प्रतिकुलताका कारणले २४ गते हुने बृहत् जनसभा कार्यक्रम स्थगित गर्नुपरेको कर्णाली प्रदेश समितिका अध्यक्ष दिपबहादुर शाहीद्वारा जारी प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

पुस २४ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने बृहत् जनसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । 

कर्णाली प्रदेश अध्यक्ष शाहीका अनुसार स्थगित बृहत् जनसभा कार्यक्रम अब माघ १५ गते आयोजना गरिने छ । तर, पुस २३ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने विस्तारित बैठक भने यथावत् रहने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button