तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा लघुवा बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

पाल्पा । पाल्पाको लघुवामा आज बिहान बस दुर्घटनाका मृतकहरू मध्ये ६ जनाको सनाखत भएको छ । 

पाल्पाको रिब्दीकोट–२ लघुवामा मलामी बोकेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना आज बिहान दुर्घटना भएको हो । 

बस सडकदेखि करिब ५५ मिटर तल बारीमा खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानकै ४० वर्षीय खुमबहादुर राना, बुटवल–११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची जिल्ला मालारानी–२ का २८ वर्षीय राजेन्द्र विक, सोही स्थानकै २५ वर्षीय शङ्कर विक सोही स्थानकै ३६ वर्षका मोहन कुँवर रहेका छन् । 

अन्यको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । 

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

पाल्पा लघुवा बस दुर्घटनाका घाइतेको सनाखत

पाल्पा लघुवामा बस दुर्घटना, मृतकको सङ्ख्या ८ पुग्यो

पाल्पामा बस दुर्घटना हुँदा सातको मृत्यु (अपडेट )

पाल्पा लघुवामा बस दुर्घटना, ६ जनाको मृत्यु

प्रतिक्रिया राख्नुहोस्

Back to top button