तानसेन–तम्घास सडक खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुने

पाल्पा । तानसेन–तम्घास सडक खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
आजदेखि जोर्ते क्षेत्रमा सडक चौडा बनाउने र पहाड कटान गर्ने काम गरिएकाले सडक बन्द गरिएको हो । आजदेखि पुस २२ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
हरेक दिन बिहान ९ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको हो ।
आजदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्