तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल कर्मचारी युनियनको अध्यक्षमा पुन: भरत घिमिरे

काठमाडौँ । रेडियो नेपाल कर्मचारी युनियनको आठौँ केन्द्रीय अधिवेशनले सर्वसम्मत रूपमा  भरत प्रसाद घिमिरेको संयोजकत्वमा  १८ सदस्यीय कार्य समिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा विशाल अधिकारी, महासचिवमा रामकाजी आचार्य, सचिवमा धनिश्वर खनाल र कोषाध्यक्षमा काशीराम खड्का चयन हुनुभएको छ ।  

त्यस्तै सदस्यहरूमा श्रीधर ढकाल, बेञ्जु सुवेदी, डेला प्रसाईँ, मनुका कुँवर, अर्जुन सापकोटा, श्याम नापित, धनबहादुर थापा, दीर्घ खत्री, सुरेश सुमन डाँगी, शम्भु ढुङ्गाना, सुरेन्द्रबाबु तिवारी र देवकला कार्की चयन हुनुभएको छ ।

त्यसैगरी, रेडियो नेपाल कर्मचारी युनियनले रेडियो नेपालको चैत २० गते हुने वार्षिक उत्सवमा दुई जना कर्मचारी पुरस्कृत गर्ने घोषणा गरेको छ । 

युनियनले प्रादेशिक प्रसारण केन्द्र पोखराका प्रशासकीय अधिकृत सुरेन्द्रबाबु तिवारी र प्रादेशिक प्रसारण केन्द्र दिपायलका कार्यालय सहयोगी श्रीकृष्ण भट्टलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

कार्यक्रमको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, सञ्चालक समितिका सदस्य टीका भण्डारी र रेडियो नेपालका कर्मचारीहरू उपस्थित हुनुहुन्थ्यो ।

उद्घाटन सत्रमा प्रमुख अतिथि पोख्रेल, रेडियो नेपालका कार्यकारी निर्देशक केसी,  रेडियो नेपाल सञ्चालक समितिका सदस्य टिका भण्डारी, रेडियो नेपाल सम्बद्ध विभिन्न ट्रेड युनियनका अध्यक्ष एवं प्रतिनिधिहरूले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button