तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामका विद्यालय तीन दिनका लागि बन्द

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेका सरकारी तथा निजि विद्यालयहरु तीन दिनका सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महामहोत्सवको उपलक्ष्यमा मंगलवारदेखि बिहिवारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिनुभयो ।

एक सूचना जारी गर्दै विवाहपञ्चमीको मेलाका कारण हुने भिडभाडलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक, निजि विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ गते देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जानकारी यादवले गराउनुभयो ।

खास गरेर विवाहपञ्चमी महामहोत्सवमा भारी संख्यामा तीर्थयात्रीहरु आउँदा भिड हुने भएकाले विद्यालयहरु बन्द गर्ने निर्णय विगत देखि नै हुदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button