तपाईँ सुन्दै हुनुहुन्छः

सही तथ्यांकका लागि जनगणनामा सबैले सहयोग गरौं : अध्यक्ष ओली

File Photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा सहभागी हुन अपिल गर्नुभएको छ ।

आज एक सन्देश जारी गर्नुहुँदै अध्यक्ष ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले जनगणनामा उत्साहपूर्वक सहभागी हुन र सहयोग पुर्‍याउन आग्रह गर्नुभएको हो ।

अध्यक्ष ओलीले सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्नका लागि सहयोग गर्न सबैसँग आह्वान गर्नुभएको हो। राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्यांक उपलब्ध गराउन आवश्यक रहेको भन्दै उहाँले जनगणनामा सहभागी भइ सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गर्नुभएको हो ।

सन्देशमा ओलीले जनगणनाले हाम्रो समाज कहाँ छ ? विकासको स्तर कहाँ पुगेको छ ? कुन क्षेत्रमा हामी कति अगाडि बढेका छौं, कुन क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता छ, मानव संशाधन र मानव स्रोतको विकास, अथवा अन्य विकासमा हामी कहाँनिर छौं लगायतका विषय थाँहा लाग्ने भन्दै राज्यले यही जानकारी ्अनुसार योजना निर्माण गर्ने भएकाले सही तथ्यांकका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button