तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मत्रालयद्धारा सरकारी संचारमाध्यम कार्यालयको अनुगमन

विराटनगर ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप सचिवद्वय मुकुन्द शर्मा र श्रीधर ज्ञवालीले विराटनगर–४ स्थित खार्जीमा रहेको रेडियो नेपालले स्थापना गरेको ताराणीप्रसाद कोइराल स्मृति संचारग्राम तथा सुनसरीको धरानमा रहेको रेडियो नेपाल प्रसारण केन्द्रको निरीक्षण एवं अवलोलन गर्नुभएको छ ।

सरकारी संचारमाध्यमलाई व्यवस्थित गर्दै त्यसको सेवा र पहुचलाई थप प्रभावकारी वनाउन उहाहरुले मोरङ र सुनसरी जिल्लामा रहेको सरकारी संचारमाध्यमका कार्यालयको अनुगमन गर्नु भएको हो । सो क्रममा तारणीप्रसाद कोइराल स्मिृति संचारग्रामको भवन निमार्णमा आफु सन्तुष्ट रहेको भन्नुहुर्दै भवनको वाकिरहेको कामहरु सम्पन्न गरेर पुर्ण रुपले संचारग्रामलाई संचालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

संचारग्रामको निमार्णल प्रदेस न १ का सवै मिडिया तथा पत्रकारिता क्षेत्रको विकासमा मद्त पुग्ने भएकाले यो संस्थाको विकासका लागी मंत्रालयको सहयोग निरन्तर रहि रहने उहाहरुको भनाई थियो ।सो अवसरमा रेडियो नेपाल धरान प्रसारण केन्द्रका प्रमुख वौएलाल चौधरी तथा भवन निमाणकर्ताका इन्जिनियर शेखर रोयले भवनको डिजायनको वारेमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरि उहाहरुले विराटनगर स्थित राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान तथा इटहरीमा रहेको नेपाल टेलिभिजन कार्यालयको पनि अनुगमन निरिक्षण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button