जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

बैतडी । बैतडीको पाटनमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
पाटन बजारबाट खोड्पेतर्फ गइरहेको जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते मोटरसाइकल चालक ३६ वर्षका उद्धव जोशीलाई धनगढी रेफर गरिएको छ भने पछाडि बसेका ७३ वर्षीय अन्तराम पन्तको डडेलधुरामा उपचार भइरहेको छ । दुवै जनालाई डडेल्धुरा पठाइएकोमा जोशीको डडेलधुरामा उपचार सम्भव नभएपछि धनगढी पठाइएको हो ।
जिपमा सवार ज्ञानेन्द्र भट्ट सामान्य घाइते भएकाले उहाँको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।
पाटनबाट खोड्पेका लागि छुटेको से १ ज ६३४ नम्बरको जिपले भे ७ प ४३४५ नम्बरको मोटरसाइकल लाई पाटन नगरपालिका वडा न. ६ बेडौती मोडमा बिहान सवा ९ बजे ठक्कर दिएको हो ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्