तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको जोखिम र भिडभाड बढेपछि बन्द भयो भाइरल ‘ट्रि हाउस’

तनहुँ । भिडभाड बढेपछि भाइरल ‘ट्रि हाउस’ बन्द गरिएको छ । रुखमा काठको घर बनाइएको उक्त स्थान पछिल्लो समय निकै चर्चामा रहेको छ । 

पछिल्लो समय निकै चर्चित एवं भाइरल बनेको तनहुँको म्याग्दे गाउँपालिका २ स्थित ज्यान्ट्याङ सामुदायिक बनमा निर्मित हरित पार्क तथा ट्रि हाउसमा पर्यटकको अत्यधिक भिड बढे पछि बन्द गरिएको सब डिभिजन बन कार्यालय म्याग्देले जनाएको छ ।

कोरोना फैलने जोखिमलाई मध्यनजर गरी हाललाई बन्द गर्न सम्बन्धित निकायबाट निर्देशन प्राप्त भएको भनी समूहबाट जानकारी आएको भन्दै अर्को सूचना नभए सम्मको लागी पार्क तथा ट्री हाउस बन्द भएको सोमबार एक सूचना जारी गर्दै जानकारी दिइएको छ ।

उक्त स्थानमा बिदाको दिनमा ४–५ सय जना र अन्य दिनमा औसत १ सय जना पर्यटकले भ्रमण गर्ने गरेको सब डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button