तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

रुपन्देही । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गर्नुभएको हो । 

प्रदेश प्रमुखले साउन २८ गते बिहीबार दिउसो ३ बजेसम्मको समय तोक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button