तपाईँ सुन्दै हुनुहुन्छः

हत्यामा संलग्न पक्राउ

सुनसरी । उच्च अदालत विराटनगर, इलाम इजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टि भएको छ ।


जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई इलाम नगरपालिका–७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया विमलादेवी निरौला पराजुली २८ गते सोमवार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिइन् । 


१ जना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको र थप अनुसन्धानको लागी सङ्घीय प्रहरी इकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ वर्षीय युवराज बानियाको संलग्नता रहेको देखिएसँगै बानियालाई पक्राउ गरिएको हो । 


पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button