तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड –१९ प्रभावित अति विपन्न परिवारहरूलाई पोषणयुक्त खाद्यान्न वितरण

कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमित भएका अति विपन्न परिवारका व्यक्तिहरूलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ । 


एन.एन.एस.डव्लु .ए कञ्चनपुरले भीमदत्तनगरपालीका र बेलौरी नगरपालीकाका रहेका कोभिड १९ वाट प्रभावित अति विपन्न परिवारहरूलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको एनएनएसडव्लु का ड्रप परियोजनाका फिल्ड अधिकृत गोविन्द नारायण उपाध्यायले बताउनुभयो छ । 
जिल्लाका दुई वटा पालिकाहरूको सहकार्यमा सञ्चालन गरिएको पोषण कार्यक्रममा चामल, दल, खाने तेल, गेडागुडी, बिस्कुट, अण्डा, काजु लगायत ४ हजार ५ सय बराबरको खाद्यान्न वितरण गरिएको उहाँले बताउनुभयो । 

उक्त खाद्यान्न लिन संस्थाले दिएको टोकन लगाएर तोकिएको पसलबाट ल्याउनुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रम सञ्चालन पश्चात् अति विपन्न कोरोना प्रभावितहरूले पोषणयुक्त खानेकुरा पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button