तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञापन बोर्ड र नेपाल टेलिभिजनमा सदस्य नियुक्त

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डका सदस्यमा झापाका चेतन अधिकारी र नेपाल टेलिभिजन बोर्ड सदस्यमा ललितपुरका सवनम मुखियालाई नियुक्त गरेको छ । सञ्चार मन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उहाँहरू चार वर्षका लागि नियुक्त हुनुभएको हो । 


गोरखापत्र, कान्तिपुर दैनिकलगायत राष्ट्रिय सञ्चार माध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिनुभएका पत्रकार अधिकारी हाल ‘नेपाली बहस डटकम’ का प्रधान सम्पादक हुनुहुन्छ । 

नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वैच्छिक अवकाश लिनुभएका मुखिया ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक  हुनुहुन्छ । मन्त्री नेम्वाङले अधिकारी र मुखियालाई आज सिंहदरबारमा नियुक्ति पत्र हस्तान्तरण गर्दै संस्थागत सुधार र सृजनात्मक प्रयोगमा आफ्नो ठाउँबाट योगदान गर्न निर्देशन दिनुभयो । 


कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतको उपस्थिति थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button