तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मुल्य तोलामा आठ सय बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ८ सयले बढेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९० हजार ३०० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार ३१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button