तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा आइसोलेशन कक्ष पुनः सञ्चालन गरिने

बाजुरा । जिल्लामा कोभिड १९को संक्रमण दिनानुदिन बढ्दै गएपछि आइसोलेशन कक्षा पुनः सञ्चालन गरिने भएको छ । बिहीबार दिउसो जिल्ला प्रशासन कार्यलय बाजुरामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रण गर्न गतवर्ष जिल्ला समन्वय समिति बाजुराको परिसरमा सञ्चालन गरिएका आइसोलेशन कक्ष यो वर्ष पनि सोही ठाउँमा पुनः सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी गराउनु भएको छ ।

त्यसैगरी आजै बसेको डिएमसिसिको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न कडाई गर्ने, पिसिआर र एन्टिजन परीक्षण स्थानीय पालिकामै गराउने, कोभिड–१९ नियन्त्रण गर्न जिल्लाभर अनुुगमनमा कडाई गर्ने र स्थानीय सञ्चार माध्यामलाई प्रयोग गर्ने, धुलाचोर ,कोल्टी, जगन्नाथ र रिठा बजारमा हेल्पडस्क स्थापना गर्ने निर्णय गरेको छ ।

इमरजेन्सी वाहेक ओ.पि.डि. लगायत अन्य सेवा बन्द गर्न जिल्ला अस्पताल व्यवस्थापन समितिलाई नै निर्णय गर्न लगाई सो निर्णय सार्वजनिक गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाजुराले आफ्नो फेसबुक पेज मार्फत ९ बुंदे निर्णय सार्वजनिक गरेको छ ।

जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले कोभिड–१९ रोकथाममा सहयोग पुुग्नेगरी आफ्ना कार्यक्रम तथा बजेट संशोधन गर्न अनुरोध गर्ने निणर्य पनि गरेको छ । गृह मन्त्रालयको २१३ नंम्वरको चलानीलाई उध्रित गर्दै काठमाडौँ लगायतका निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावस्यक काम वाहेक बाजुराबाट सार्वजनिक सवारी साधानलाई आवगमन गर्न रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनु भएको छ ।

निषेधाज्ञा जारीभएका जिल्लाबाट मन्त्रालयमा गुनासो गएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले पनि सवारी अवगामनमा रोक लगाउनु परेको उहाँले बताउनुभयो । अत्यावस्यक काममा जानै पर्ने भए जस्तै खाद्यान्न लगायत दैनिक उपभोग्य सामान लिन जानका लागि जिल्ला प्रशासन कार्यालयको अनुमती–पत्र अनिवार्य लिनुपर्ने ब्यबस्था गरेको बताइएकको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले आजै सार्वजनिक गरेको कोभिड–१९ को रिर्पोट अनुसार पिसिआर तथा एन्टिेजेन परीक्षण गर्दा सात जना लाई कोभिड संक्रमण पुष्टि भएको छ । आज मात्र १२ जनाको एन्टिजेन परीक्षण गर्दा ति सात जनालाई कोरोना संक्रमण भएको देखिएको हो । यो वर्ष हाल सम्म जम्मा १८ जनालाई बाजुरामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म ४८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । तुलनात्मक रुपमा कुल परीक्षणको ३७ प्रतिशत भन्दा वढिलाई कोरोना संक्रमण देखिएको छ । यसलाई सामान्यरुपमा नलिन चिकित्सकले बताएका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् । बाजुरामा दुुई आइसियुवेड दुुई भेन्टिलेटर चार वटा अस्पतालमा ४५ बेड संख्या रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जारी गरेको सूचनामा उल्लेख छ ।

गत वर्ष जिल्लाकै नौ वटै तहमा स्थापना गरिएका भौतिक संरचनाको संरक्षण नगर्दा अलपत्र अवस्थामा छन् । कोभिड संक्रमण व्यवस्थापनकै नाममा गत वर्ष जिल्लामा एक अरब रुपिया भन्दा वढि खर्च भएको अनुमान अधिकारीको छ । जिल्लाभर रुघाखोकी ज्वरो आउने टाउको दुख्ने लगायतका विरामीको संख्या बढेको स्थानीय सञ्चारमाध्यामले बताएका छन् ।

त्यसैगरी कोरोना संक्रमण नियन्त्रण गर्न जिल्लामा प्रहरी टोली अहोरात्र खटिएको छ । चेकजाँचमा कडाई गरिएको प्रहरी नायव उपरीक्षक एवंम् जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजित महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button