गाई काटेको अभियाेगमा एक पक्राउ

भाेजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भोजपुर नगरपालिका वडा नम्बर ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो । गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएको छ ।
पक्राउ परेका परियारको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्