तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षमा करिब ४६ करोड किलो अक्सिजन आयात

FilePhoto

काठमाडौँ । आर्थिक वर्ष २०७५–७६ देखि चालू आर्थिक वर्षको १० महिनासम्ममा ४५ करोड ८७ लाख ७५ हजार १५० किलो अक्सिजन आयात भएको छ ।

आर्थिक वर्षमा २०७५–७६ देखि चालु आर्थिक वर्षको १० महिनासम्म नेपालमा ३४ करोड ४७ लाख रुपैयाँ बराबरको ४५ करोड ८७ लाख ७५ हजार १५० किलो अक्सिजन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा पछिल्लो तीन वर्षमा झन्डै ४६ करोड किलो तरल अक्सिजन आयात भएको छ । भारत अमेरिका, चीन लगायतका मुलुकबाट पछिल्लो तीन वर्षमा उक्त परिमाणको अक्सिजन आयात भएको भन्सार विभागले जनाएको छ ।
नेपालमा भारत, चीन, स्वीटजरल्याण्ड र अमेरिकाबाट अक्सिजन आयात हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button