टिप्परको ठक्करबाट २ जनाको मृत्यु, ५ घाइते
रुपन्देही । राजमार्गमा हिँडेको ३ वटा सवारी साधनलाई टिप्परले ठक्कर दिँदा रुपन्देहीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो भने अन्य ५ जना घाइते भएका हुन् ।
टिप्परले सोही दिशाबाट तिलोत्तमा–१५ कोटिहवामा बुटवलतर्फ आउँदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ नम्बरको बस र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी लु १ ख ९६८५ नम्बरको बसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका वडा नं. १५ की १० वर्षीय सरस्वती हरिजन र ८ वर्षीय गङ्गा हरिजन रहेकी छन् ।
टिप्पर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्