कैलालीमा थपिए ४० कोरोना संक्रमित
धनगढी । कैलालीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी जोशीपुर गाउँपालिकाका २ जना, गोदावरी नगरपालिकाका ५ जना, गौरीगंगा नगरपालिकाका ३ जना, भजनी नगरपालिकाका २ जना, टिकापुर नगरपालिकाका ३ जना, लम्कीचुहा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
हाल कोभिड–१९ अस्पतालमा ३७ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्