प्रतिनिधि सभा बैठक : शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले संविधानसभा सदस्य द्वय नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।
पूर्व उद्योग मन्त्री समेत रहनु भएका नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको ५९ वर्षको उमेरमा यही चैत १३ गते शुक्रवार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
त्यस्तै वि.सं. २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रतिनिधित्व गर्नुभएकी लक्ष्मी देवी भण्डारीको ६८ वर्षको उमेरमा यही चैत १६ गते ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते सोमबार दिउसो १:०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्