तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता शुभारम्भ(लाइभ)

काठमाडौँ । रेडियो नेपालले आफ्नो स्थापनाको ७१ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता शुभारम्भ भएको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रपाद बस्यालले नेपालको कला संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले विगत देखि नै पु¥याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीबृद्धिमा समाचार, गीत, सङ्गीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पु¥याउँदै आएको उल्लेख गर्नुहुँदै सचिव बस्यालले सङ्गीतको संबद्र्धन र प्रबद्र्धनमा रेडियो नेपालको योगदान अतुलनिय रहेको बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुची र माग अनुसारका गीत सङ्गीत प्रस्तुत गर्दै आएको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले सबै जाती, पेशा, लिङ्ग, धर्म र समुदायलाई समेट्दै विविध खालका सङ्गीतका माध्यमबाट समाज परिवर्तनमा रेडियो नेपालले योगदान पु¥याउँदै आएको उल्लेख गनुभयो ।प्रतियोगितामा ३१ वटा गीत सङ्गीत प्रस्तुत गरिनेछ ।

प्रतियोगितामा प्रथम, द्धित्तिय र तृतीय हुने तथा उत्कृष्ट रचना र सङ्गीतलाई रेडियो नेपालको ७१ औँ वार्षिकोत्सवको अवसरमा चैत्र २० गते आयोजना हुने विशेष कार्यक्रमकाबीच नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिनेछ ।

प्रत्यक्ष प्रशारण सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् :

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button