कर्णाली नदीले बगाउँदा बालकको मृत्यु
कैलाली । कर्णाली नदीले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १४ का १५ वर्षीय आयुष चौधरीको आज कर्णालीको सत्ती पुलको उत्तरपट्टि नुहाउने क्रममा नदीले बगाउँदा मृत्यु भएको हो ।
टीकापुर ८ सत्ती पुलको एक किलोमिटर उत्तरपट्टि नुहाउने क्रममा साँढे ४ बजे कर्णालीले बगाएर बेपत्ता भएका चौधरीको शव साँझ सवा ५ बजे फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्