बाघको छालासहित एक जना पक्राउ
कैलाली । कैलालीमा बाघको छालासहित १ जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका वडा नम्बर–७ पितमारी बजारबाट बाघको छालासहित दैलेख आठबिस नगरपालिका वडा नम्बर–३ का ४९ वर्षीय बिनी प्रसाद जैशीलाई प्रहरीले पक्राउ गरेको छ ।
जैशीको साथबाट बाघको खप्पर १ थान, बंगरा १ थान र जुँगा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा सङ्घीय प्रहरी इकाई कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त छाला लगायतका वस्तु फेला पारी पक्राउ गरेको हो ।
हिजो साँझ पक्राउ परेका जैशीलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि वन कार्यालयलाई बुझाइएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्