तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा १८ किलो गाँजा बरामद

सप्तरी। सशस्त्र प्रहरीले सप्तरीबाट १८ किलो गाँजा बरामद गरेको छ ।

जिल्लाको बलान विहुल गाउँपालिका वडा नम्बर २ बाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । बिहीबार नेपालबाट भारततर्फ बोरामा प्याक गरी टाउकामा बोकेर लैजाँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरूले फ्याँकेर फरार भएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बलान खोला भएर तस्करहरूले गाँजा भारततर्फ लैजाँदै गर्दा प्रहरीलाई देखेपछि तस्कर भागेको बताउनुभयो । गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उहाँले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button