तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्ग अन्तर्गत चिडिया खोला राम्दी सडक बिस्तार गरिने

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत चिडिया खोला राम्दी सडक बिस्तार हुने भएको छ ।

राजमार्ग क्षेत्राधिकार भित्र बनाइएका ७ सयभन्दा बढी घर भत्किने भएका छन् ।

सिद्धार्थ राजमार्ग चार लेनमा सडक विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण गरी बनेका घर टहरा भत्किने भएका हुन ।

राजमार्गको २५ मिटरभित्र दायाँबायाँ बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किने छन् ।

डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशित गरी सडकको दायाँ बायाँ २५ मिटर क्षेत्रका भौतिक संरचना तत्काल आफैँ हटाउन निर्देशन गरिसकेको छ ।

बुटवलको चिडिया खोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँबायाँ २५मिटरभित्र पर्ने घरको तथ्याङ्क सङ्कलन गरी हटाउने घरमा रातो पोतिसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माइकिङ गरिएको डिभिजन प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो ।

ढिलोमा चैतदेखि सडक सीमा भित्रका संरचना हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो ।

२०२५ सालमा बनेको यो सडकले त्यसभन्दा अगाडी बनेका घरहरूको पनि व्यवस्थापन गर्नु पर्नेमा स्थानीयले जोड दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button