पत्रकारितालाई मर्यादित बनाउन सञ्चार मन्त्रीको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता पेसालाई थप मर्यादित बनाउन आग्रह गर्नुभएको छ ।
आज काठमाडौँमा क्रियाशील दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले दुइतिहाइ बहुमतको सरकारलाई काम गर्न नदिएर बन्दी बनाउन खोजेपछि जनतामा जाने निर्णय गरेको सन्दर्भलाई पत्रकारहरूले असंवैधानिक भन्नु गलत भएको बताउनुभयो ।
केही पत्रकार र सञ्चार माध्यमले प्रेस स्वतन्त्रताको नाममा समाजमा अराजकता निम्त्याइ द्वन्द्व सिर्जना गर्ने काम गरिरहेको भन्नुहुँदै मन्त्री गुरुङले सडकमा जानेहरूले पनि यतिखेर निर्वाचनको माग गरेको बताउनुभयो ।

प्रचण्डले माधवकुमार नेपालको ढाँडमा टेकेर प्रधानमन्त्री केपी शर्मा ओलीको टाउकोमा हान्ने रणनीति असफल भइसकेको बताउनुहुँदै मन्त्री गुरुङले सम्पूर्ण सञ्चारकर्मीलाई निर्वाचनको पक्षमा कलम पनि चलाउन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घले संसद् विघटनलाई असंवैधानिक भन्दै वक्तव्य निकालेको प्रति सङ्केत गर्नुहुँदै उहाँले पत्रकारहरूलाई सन्तुलित ढङ्गले समाचार सम्प्रेषण गरी राजनीतिक द्वन्द्व अन्त्य हुने गरी कलम चलाउन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्