अछाममा थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

अछाम –अछाममा शनिवार थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको कालबजार प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित पीसीआर प्रयोगशालामा १ सय ६१ स्वाबको नमुना परिक्षण गरिएकोमा १६ जना पुरुष र ८ जना महिला गरी २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
शनिवार पनि सबैभन्दा बढी मंगलसैन नगरपालिकाका ९ जना पुरुष र ५ जना महिला गरी १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै रामाराेशन गाउँपालिकाका ४ पुरुष र २ महिला गरी ६ जना, कमल बजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका १/१ जना पुरुष गरी ३ जना तथा जिल्ला बाहिर मेलाैली नगरपालिका बैतडीका १ जना महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।
शनिवार ४ जनाको स्वाब पुनः परिक्षण गर्दा १ जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्