मालीका हातेकागज उद्योग दुई वर्षदेखी बन्द

बझाङ – जिल्लाको सवै भन्दा पुरानो संचालनमा आएको हाते कागज उद्योग बन्द भएको छ । जयपृथ्वी नगरपालीका १ कैलाश गाँउमा रहेको उद्योग स्थानियहरुको व्यवस्थापनका कमजोरका कारण बन्द भएको हो ।
उद्योग बन्द भए पछि यहाँ रहेका संरचना र उपकरणहरु अलपत्र र बेवारिसे छन । उद्योग बन्द हुँदा झण्डै एक करोड बराबरको स्थानिय समुदाय र विभिन्न दातृ संस्थाहरुको लगानी पनि खेर गएको छ ।
२०५६ सालमा साविक कैलास गाविसका स्थानिय र अन्र्तराष्ट्रिय गैर सरकारी संस्था एन्साबको पहलमा यो उद्योगको स्थापना भएको थियो ।
स्थानिय गाँउलेहरुको व्यवस्थापनको लापरवाहीले उद्योग धरासायी भएको स्थानिय गोविन्द कामीले बताउनुभयो ।
। उहाँले भन्नुभयो ‘समुदायको रिसिविले उद्योग धरासिय भयो ।’
मालिका हाते कागज उद्योगका प्रवन्ध संचालक समेत रहेका जयपृथ्वी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गगन बहादुर सिंहले पनि गाँउलेहरुको कमजोरीका कारण उद्योग धरासायी भएको स्विकारे । संचालनमा रहेको बेला यो उद्योग एशियकै नमुना मानिन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्