तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना घाइते बुढाथोकीको उपचारको क्रममा मृत्यु

सल्यान । मोटरसाइकल दुर्घटनामा घाइते सिद्ध कुमाख गाउँपालिका –३ का अतिराम बुढाथोकी उपचारको क्रममा मृत्यु भएको छ ।

मंगलबार जिल्लाको शारदा नगरपालिका –१ श्रीनगर पेट्रोलपम्प नजिकै मोटरसाइकल दुर्घटनामा बुढाथोकी गम्भीर घाइते भएका थिए ।

कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा बुधबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोटरसाइकलको पछाडी बसेका बुढाथोकीको सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको थियो ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button