मौलिकता जोगाउन जुरगुटी प्रतियोगिता

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ स्थित थारु सङ्ग्रहालयको भवनमा सोमबार समाचकेवा पर्वको अवसरमा पहिलो पटक जुरगुटी प्रतियोगिता आयोजना गरियो ।

परालसहितको धानको बालाको बनाउने जुरगुटी तराई मधेसमा केही वर्ष पहिला लगभग सबैको घर अगाडी पाहुनाहरूको स्वागत तथा सजावटको लागि झुन्ड्याउने चलन भएपनि अहिले यस्तो परम्पराहरू लोप हुँदै गएको मैथिली साहित्य परिषद्का उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो ।
मौलिकताहरू हराउँदै गएपछि यस वर्ष पहिलो पटक थारु सांस्कृतिक सङ्ग्रहालय एवम् थारु समुदाय होमस्टे परिवारको आयोजन तथा कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सौजन्यमा यस्ता प्रतियोगिता भएको हो ।

उक्त प्रतियोगितामा पानावती चौधरी प्रथम, रिता चौधरी द्वितीय र भुली देवीले तृतीय स्थान प्राप्त गरेकी छिन् । विजयी प्रतियोगीहरूलाई पुरस्कार स्वरूप क्रमशः एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँ प्रदान गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्