तपाईँ सुन्दै हुनुहुन्छः

थप १६१४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि, १४३७ जना निको र २३ को मृत्यु

काठमाडौं। देशभर आज थप एक हजार छ सय १४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकोे जानकारी अनुसार आज थप एक हजार छ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २७ हजार छ सय ४० पुगेको छ ।

त्यस्तै देशभरका सस्थागत तथा होम आइसोलेसनबाट आज एक हजार चार सय ३७ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या दुई लाख नौ हजार चार सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार चार सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button