तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा उपचाररत दाङका कोरोना सङ्क्रमित पुरुषको मृत्यु

नेपालगञ्ज  । बाँकेमा उपचाररत दाङका कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आए पश्चात् मङ्सिर २ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको कोभिडको आशङ्कामा त्यसै दिन स्वाब सङ्कलन गरिएको थियो ।

मङ्सिर ३ गते उनमा कोरोना पुष्टि भएको थियो । विरामीको रोगको प्रकृति अनुसार उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button