तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २३ जना डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज २३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १६ पुरुष र ७ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ५ सय ८१ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा कोरोना निको हुने दर ९४.९१ प्रतिशत रहेको छ । आइसोलेसनमा अब १ सय ५४ जना छन् । बाँकेमा हालसम्म ३ हजार ७ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म बाँकेका ३८ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button