तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिकाК२१ कि ७३ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

डाइलोसिसका लागि कार्तिक २३ गते अस्पताल भर्ना भएकी उनको २४ गते स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको थियो । २५ गते उनमा कोरोना पुष्टि भएको उनको आज बिहान ११ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलधार पौडेलले जानकारी दिनुभयो । ती वृद्धाको कोभिड सघन उपचार कक्षमा उपचार हुदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button